अर्थतन्त्रमा सुधार हुँदै गइरहेको छ : गभर्नर अधिकारी

1.79K
shares
Krishi Bikas Bank

काठमाडौं, २६ फागुन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रमा सुधार हुँदै गएको बताएका छन् । शुक्रबारदेखी सुर भएको दोस्रो अर्थशास्त्री सम्मेलनमा बोल्ने क्रमा गभर्नर अधिकारीले अहिले नेपालको अवस्था नेपाल जस्तै अन्य देशको तुलनामा सहज बन्दै गएको बताएका हुन् ।

गत वर्षकोभन्दा पनि चालु आर्थिक वर्षको सोधनान्तर अवस्थामा सुधार देखिएको उनले जानकारी दिए । गत वर्ष ४१ अर्ब घाटामा रहेको सोधनान्तर स्थिति चालु आर्थिक वर्षको पुस मसान्तसम्म १ खर्बले नाफामा रहेको अधिकारीले बताए । यो रकमले १० महिना सम्मका लागि वस्तु तथा सेवा आयत गर्न पुग्ने उनको भनाइ छ ।

गत वर्षको पुसमसान्तमा नेपालको वस्तु तथा सेवा आयात धान्नका लागि ६ महिनाको लागि मात्रै मौजात रहेको थियो । अहिलेको अवस्थामा आउनका लागि राष्ट्र बैंकले निकै सजकता अपनाएको उनको भनाइ थियो । ‘अहिले ऋण पाउनका लागि हिजोको जस्तो सजिलो छैन होला । हिजो मिस युज गर्नका लागि पनि ऋण पाइरहेको अवस्था थियो अहिले त्यो अवस्था छैन,’ गभर्नर अधिकारीले भने ।


Krishi Bikas Bank
franklin 1200*150