लघुवित्तको भूमिका : गरिबलाई धनी बनायो, ५९ लाख महिला आत्मनिर्भर बने

2.29K
shares
Krishi Bikas Bank

काठमाडौं, २६ फागुन । पछिल्लो समय लघुवित्तका कारण घरबार उठिबास भएको समाचारहरु आइरहेको छन् । लघुवित्तहरुले गाउँघरका सोझा साझा जनातालाई शोषण गरेको भन्दै संस्था नै बन्द गर्नु पर्ने आवाज पनि उठी रहेको छ । के लघुवित्त संस्थालाई खारेज गरेपछि यो समस्या समाधान हुन्छ त ? भन्ने प्रश्न पनि उठी रहेको छ ।

कुनै पनि रोग लागेको अवस्थामा उपचार गर्ने खोज्ने की बिरामीलाई नै मृत्युदण्ड दिने ? अहिले लघुवित्तमा देखिएको समस्या समाधानकालागि छलफल गरेर अघि बढ्दा सहज हुने होला । देशका दुरदराजमा पुगेर वित्तीय सेवा प्रदान गरिरहेका लघुवित्तको भूमिकालाई पुरै बिर्सेर केहीले गरेको गल्तीमा सबैलाई एकै डालोमा हालेर हर्न भने हुँदैन । समस्या भएका लघुवित्तहरुलाई कारबाही गर्ने निकाय पनि छन् । सडकमा आन्दोलन गरेर संस्था राख्ने वा फाल्ने भन्ने विषय कहाँबाट आयो ? यो गम्भिर विषय हो ।

हाल देशभर ६४ वटा लघुवित्त वित्तीय संस्थाहरु रहेका छन् । यी संस्थाहरुले वित्तीय साक्षरता र बैंकङ्की शिक्षा प्रदान गर्नका लागि लघुवित्तको भुमिका महत्वपूर्ण रहेको छ । लघुवित्त संस्थाहरु ‘घ’ वर्गका वित्तीय संस्थाहरु हुन् ।

लघुवित्तलले गाउँघरमा रहेका आर्थिक रुपमा विपन्न परिवारहरुको जिविकोपार्जनको काम समेत गरिरहेका छन् । केही व्यक्तिहरुले लघुवित्तबाट लिएको ऋणलाई सहि सदुपयोग गर्न नसकेका कारण समस्या आएको लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले बताए ।

६४ वटा लघुवित्तको चुक्ता पुँजी ३० अर्ब छ । लघुवित्तमा पुस मसान्तसम्ममा करिब ६५ अर्ब क्यापिटल फण्ड छ । ६४ वटा संस्थाहरुको ५ हजार १५१ वटा शाखा रहेको छ । यी शाखाहरु मार्फत ५९ लाख सदस्यहरु लघुवित्तमा जोडिएका छन् । अधिकाशं सदस्यहरु महिला रहेका छन । अध्यक्ष शर्माका अनुसार लघुवित्तमा ९५ प्रतिशत महिलाहरु सदस्य रहेका छन् । ५ प्रतिशत पुरुष सदस्य रहेका छन् । लघुवित्तबाट अधिकाशं महिलाहरु लाभाविक्त भएका छन् । लघुवित्तहरुबाट ५९ लाख व्यक्तिहरु आत्मनिर्भर बनेको लघुवित्तहरुको दाबी रहेको छ ।

अहिले लघुवित्तमा ३३ लाख बढी ऋणीहरु रहेका छन् । यी ऋणीहरुले लघुवित्तबाट ४ खर्ब ५२ अर्बको कर्जा लिएका छन् भने ५९ लाख सदस्यहरुको १ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । निक्षेपबाट कर्जालाई नपुग्ने र बैंकमा जस्तो नहुने हुँदा इक्युटि गर्न नपुग्ने हुनाले लघुवित्तहरुले क, ख र ग वर्गका बैंकबाट सापटी लिएर ऋण प्रवाह गर्नु पर्ने अवस्था रहेको अध्यक्ष शर्माको भनाइ छ । लघुवित्तले अपुग भएको २ खर्ब २६ अर्ब रुपैयाँ बैंकबाट लिएर ऋण प्रवाह गरेका छन् ।

लघुवित्त वित्तिय संस्थाले बनाएको उद्ययमी संख्या भने यकिन छैन । अहिलेसम्म कति जना उद्यामी बने भन्ने विषयमा यकिन तथ्यांक नरहेको अध्यक्ष शर्माको भनाइ छ । ‘हिजो सामान्य अवस्थामा रहेको व्यक्त आज उद्यमी बनेको हुन सक्छ । त्यस्तै हिजो उधमी बनेको व्यक्ति पनि उद्योगमा समस्या आएर बसेको पनि हुनसक्छ,’ उनले भने ।

लघुवित्त वित्तीय संस्थाले विभिन्न विषयमा कर्जा लगानी गरेको हुन्छ । जिविकोपार्जन जिविकोपार्जन, कृषि व्यावसाय जस्ता क्षेत्रमा कतिपय समयमा वित्तिय आवश्यक पुरा गर्न सामाजिक क्षेत्रमा पनि कर्जा लगानी गरिएको अध्यक्ष शर्माको भनाइ छ ।

पहिले लघुवित्त संस्थाले सजिलै ऋण दिदाँ अहिले समस्या भोग्नु परेको लघुवित्त बैंकर्स संघका निर्वतमान अध्यक्ष वसन्तराज लम्मसालको भनाइ छ । तत्कालीन कारण आर्थिक मन्दी भए पनि लघुवित्तलले पनि जथाभावि ऋण प्रवाह गरेकाले समस्था थप पेचिलो बनेको उनको भनाइ छ । अर्को तर्फ ऋण लिएर अनुत्पादक क्षेत्रमा खर्च गर्ने तथा एउटा बाट लिएर अर्कोमा तिर्ने गर्नाले पनि समस्या आएको उनले बताए ।

लघुवित्त बन्द गरेको खण्डमा ५९ लाखमा सेवा पु¥याउने विकल्प पनि दिनु पर्ने उनको भनाइ छ । ‘अहिले आन्दोलन गरेर लघुवित्त बन्द गर्नु पर्छ भनिएको छ । यदि यसो हो भने ५९ लाख ग्रामिण क्षेत्रमा जनातालाई सेवा प्रवाह कसले गर्छ ?’ उनले प्रश्न गरे । यो अवस्थामा लघुवित्त संस्था खारेजको माग गर्नु नै दुर्भाग्यपूर्ण रहेको उनले बताए ।

अहिले आर्थिक मन्दीको समयमा संस्था र सदस्यहरु बाच्ने र बचाउने तिर लाग्नु पर्ने उनको भनाइ छ । ऋणीलाई केही समय थप ऋण दिएर भए पनि सहकारी, वित्तीय क्षेत्रको समस्या समाधान गर्नुपर्छ उनले भने । ऋण मिनाहा हुन्छ भन्ने कुराको पछि नलाग्न पनि उनले सदस्यहरुलाई आग्रह गरेका छन् ।


Krishi Bikas Bank
franklin 1200*150