सहकारीमा देखिएका विकृतिलाई नियन्त्रण गर्न जरुरी छ : सभामुख घिमिरे

1.51K
shares
Krishi Bikas Bank

काठमाडौं, २४ फागुन । सभामुख देवराज घिमिरेले महिला सहभागिताको उदाहरणका रुपमा सहकारी संस्थाहरु रहेको बताएका छन् । सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै सभामुख घिमिरेले महिला सहभागिताका लागि सहकारीहरु उदारणको पात्र रहेको बताएका हुन् ।

अहिले सहकारीमा महिला सहभागिता ५६ प्रतिशत रहेको भन्दै यसबाट राजनीतिक दलहरुले पनि सिक्नु पर्ने उनको भनाइ थियो । अहिले देखिएको समस्याका समाधान नर्गका लागि आफूले गर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको बताएका सभामुख घिमिरेले ऐन निर्माणमा पनि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘गाउँगाउँमा महिलाको सहभागितामा सहकारीहरु खुलेका छन् । त्यसबाट आर्थिक उपार्जनमा पनि सहयोग पुगेको छ,’ उनले भने ।

अर्थतन्त्रलाई सही दिशा दिनका लागि पनि सहकारीको भूमिका महत्वपूर्ण हुने सभामुख घिमिरेले बताए । सहकारीमा पनि विकृति फैलिएको भन्दै यसलाई नियन्त्रण गर्नु पर्ने आवश्यकता रहेको घिमिरेको भनाइ छ । सहकारीबाट लगानी गरेर जीवनलाई अघि बढाउनका लागि निकै महत्वपूर्ण भूमिका रहेको उनले बताए ।

सहकारीकर्मीहरुका लागि अहिले चुनौतिको समय रहेको भन्दै यसलाई सामना गर्नका लागि तयार रहनु पर्ने उनको भनाइ छ । सरकारसँग समन्वय गरेर अघि बढ्नका लागि सबैसँग छलफल गर्नु पर्ने उनले बताए ।


Krishi Bikas Bank
franklin 1200*150