कर्मचारी सरुवामा मेरो कुनै स्वार्थ छैन : मन्त्री माेदी
वि.सं.२०७९ फागुन २४ बुधवार १३:०२
shares

काठमाडौं, २४ फागुन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल माेदीले कर्मचारी सरुवामा आफ्नो कुनै पनि स्वार्थ नरहेको बताएका छन् । बुधबार मन्त्रालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री माेदीले यस्तो बताएका हुन् ।
आफू व्यक्तिगत रुपमा कुनै कर्मचारी नचिन्ने भन्दै आफूले स्वार्थ हेरेर कुुनै पनि कर्मचारीकाे सरुवा नगर्ने बताए । आफ्नाे निर्वाचन क्षेत्रकाे विकासका सन्दर्भमा भने केही चासाे रहेको उनले बताए । ‘मेराे निर्वाचन क्षेत्रमा विकास हाेस्, राम्रो कर्मचारी पुगाेस् भन्ने चाहाना स्वभावसक छ’ मन्त्री माेदीले भने, ‘त्यस बाहेक मेराे कुनै स्वार्थ छैन, पूर्वाग्रह राखेर म कर्मचारी सरुवा गर्दिन ।’








