कुकुर–बिरालोको दाना निर्यातबाट नेपालले आर्जन गर्‍यो साढे १ अर्ब रुपैयाँ

1.57K
shares
Krishi Bikas Bank

काठमाडौं, १९ फागुन । चालु आर्थिक वर्षको हालसम्म नेपालबाट साढे १ अर्बभन्दा बढीको कुकुर–बिरालोका खानेकुरा निर्यात भएको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा १ अर्ब ६५ करोड रुपैयाँको कुकुर तथा बिरालाको खानेकुरा नेपालबाट निर्यात भएको हो ।

यो गत वर्षकोको सोही अधिको तुलनामा १६.३ प्रतिशतले बढी हो । गत वर्ष नेपालबाट १ अर्ब ४२ करोड रुपैयाँको कुकुर–बिरालाको खानेकुरा निर्यात भएको थियो । कुकुर–बिरालोको दाना निर्यात हुने देशको शिर्ष स्थानमा अमेरिका रहेको छ । चालु आर्थिक वर्षमा निर्यात भएको कुकुर–बिरालोको खानेकुमारमध्ये ८६ प्रतिशत अमेरिका निर्यात भएको छ । माघ मसान्तसम्म नेपालबाट अमेरिका १ अर्ब ४१ करोड रुपैयाँको खानेकुरा निर्यात भएको छ ।

यो अवधिमा नेपालबाट क्यानडा १७ करोड ११ लाख रुपैयाँ भन्दा बढीको कुकुरको खानेकुरा निर्यात भएको छ । नेपालकाछ अमेरिका लगायत विभिन्न २४ देशमा कुकुर–बिरालोको खानेकुरा निर्यात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । नेपालबाट कुकुर–बिरालाको खानेकुराका रुपमा बढी छुर्पी बाहिरिने गरेको बताइन्छ ।


Krishi Bikas Bank
franklin 1200*150