नेपाल इन्स्योरेन्सले आईपीओ जारी गर्न बोर्डसंग माग्यो अनुमति

1.38K
shares
Krishi Bikas Bank

काठमाडौं, १९ फागुन । नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले फागुन १७ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले शेयरको अंकित मूल्य १०० रुपैयाँमा १५० रुपैयाँ ५५ पैसा प्रिमियम थपेर प्रति कित्ता २५० रुपैयाँ ५५ पैसामा शेयर निष्काशनको लागि अनुमति माग गरेको हो ।

कम्पनीले ९६ लाख कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रति कित्ता २५० रुपैयाँ ५५ पैसामा शेयर निष्काशन गर्दा २ अर्ब ४० करोड ५२ लाख ८० हजार रुपैयाँ संकलन गर्ने छ ।

नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आईपीओ निष्काशन गर्ने छ । कम्पनीले शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्टलाई बिक्री प्रबन्धक तोकेको छ ।


Krishi Bikas Bank
franklin 1200*150