एक्यानको उपत्यका विशेष कमिटीले विशेष कार्यक्रम आयोजना गर्ने
अर्थतन्त्रको बहसदेखि फुटसल प्रतियोगितासम्म
वि.सं.२०७९ माघ २९ आइतवार २१:१५
shares

काठमाडौं, २९ फागुन । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको उपत्यका विशेष प्रदेश कमिटीले यही फागुन ५ देखि ७ गतेसम्म काठमाडौँमा विभिन्न कार्यक्रम गर्न गइरहेको जानकारी गराएको छ ।
त्यसअनुसार, फागुन ५ गते नक्सालमा रहेको लिसारा रिसेप्सनमा विहान ९ बजेदेखि ५ बजे सम्म संचालन हुने अन्तरक्रिया कार्यक्रममा समसामयिक बैंकिंग तथा समग्र अर्थतन्त्रका बिभिन्न आयमहरुमा छलफल हुनेछ । कार्यक्रममा रुपमा नेपाल राष्ट्र बैंकका निर्देशक किरण पण्डित, एफसिए। अरुण राउत, सिनियर बैंकर अनलराज भट्टराई, तथा विज्ञ अर्थशास्त्री डा. विश्वास गौचन लगायतको प्रस्तुति रहने संघका उपत्यका प्रदेश कमिटिका प्रमुख सिए टिका कार्कीले जानकारी गराए ।
कार्यक्रममा करिव १५० जनाको उपस्थिति रहने संघको सचिवालयले जानकारी गराएको छ । उक्त कार्यकममा उपस्थित हुने नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्थाका सदस्यहरुले १० घण्टाको सिपिई क्रेडिट समेत पाउने संघले जनाएको छ ।
साथै, फागुन ६ देखि धन्यन्तरी स्पोर्टस् हब, धुम्बाराही ०४ हाँडीगाउँ, काठमाडौँमा संचालन हुने भ्याली स्पोर्टस् कप दुई दिनसम्म संचालन हुनेछ । उक्त कार्यक्रममा करिव करिव १६, १६ टिमको फुटसल तथा ब्याडमिन्टन प्रतियोगिता हुने प्रमुख कार्कीले जानकारी गराउनु भयो ।
यस कार्यक्रममा खेल खेल्न वा अवलोकन गरी खेलको मज्जा लिन संघले सदस्यहरुलाई आव्हान समेत गरिसकेको छ । कार्यक्रमले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका सदस्यहरुविच आपसी मेलमिलाप, भाइचारा बनाई पेशासंगै खेलमा समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
उपत्यका प्रदेश कमिटीले यस कार्यक्रम पश्चात पनि थुप्रै कार्यक्रम गर्ने योजनामा रहेको जानकारी दिएको छ साथै प्रदेश कमिटीले चैत्र मसान्त भित्र उपत्यका भित्र रहेका ३ बटा जिल्लामा जिल्लमा कमिटी समेत बनाउने कार्ययोजना रहेको कार्कीले जानकारी गराउनु भएको छ ।
संघको विधान बमोजिम गठन हुन् लागेका जिल्ला कमिटीमा बस्न इच्छुक सदस्यहरुलाई संघको प्रदेश कमिटी मार्फत सम्पर्कमा आउन समेत संघले अपिल गरेको छ ।








