मैतिदेवी प्रहरी विटमा चल्यो महानगरको डोजर
वि.सं.२०७९ माघ २४ मंगलवार १८:४८
shares

काठमाडौं, २४ माघ । काठमाडौं महानगरपालिका वडा नम्बर ३० मैतिदेविमा रहेको प्रहरी विट महागरले भत्काएको छ । सडक पेटि मिचेर बनाइएको प्रहरी विटलाई महानगरपालिकाको डोजरले भत्काएको हो ।
मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरीको विट निर्माण भएको थियो । महानगरका प्रहरी प्रमुख राजु पाण्डेले प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर यहाँको विट हटाइएको बताए । ‘प्रहरी शान्ति सुरक्षाको लागि हो, त्यसैले प्रहरी विट हटाउने उद्देश्य त होइन, तर सार्वजनिक सडक पेटीहरुमा रहेका प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर हटाउन लागेका छौं’ उनले भने । प्रहरीले प्रयोग गर्ने सामग्रि बाहिर निकालेर प्रहरी विट भत्काइएको हो ।
महानगरले भत्काउने काम मात्रै गरेको तर बनाउने काम नगरेको आरोप छ नि भन्ने प्रश्नमा उनले भने ‘यहाँ के बनाउने हो र यसलाई हटाएर सडक फराकिलो बनाउने हो,’ उनले भने ।








