लाभांश पारित गर्न उपकार लघुवित्तले बोलायो साधारणसभा
वि.सं.२०७९ माघ २४ मंगलवार १८:५९
shares

काठमाडौं, २४ माघ । उपकार लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन १८ गते बाँकेको बैजनाथ स्थित गाभर भ्याली होमेस्टेमा सभा आह्वान गरेको हो ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ६१.७५ प्रतिशत बोनस शेयर र ३.२५ प्रतिशत नगद गरि कुल ६५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन ३ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।








