आज तीन कम्पनीको शेयर कारोबार फुकुवा

1.47K
shares
Krishi Bikas Bank

काठमाडौं, ११ माघ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले तिन कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले सगरमाथा इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो ।

यी तिनओटै कम्पनीको आधारभुत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा नेप्सेले गरेको हो । अव यी कम्पनीको भोलि अर्थात बिहीवार देखि शेयर खरीदविक्री गर्न मिल्नेछ ।

प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स लिमिटेडबीच मर्जर गर्ने सम्झौता भंग भई गत पुष २६ गतको पत्रानुसार नेपाल बीमा प्राधिकरणबाट समेत सैद्दान्तिक स्वीकृति रद्द भएको हुँदा नेप्सेले रोक्का रहेको प्रभु इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो ।

त्यस्तै सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा गाभिने सहमतिपत्रमा हस्ताक्षर भएसँगै गत असार ३० गते देखि दुबै कम्पनीको शेयर कारोबार रोक्का थियो ।

हाल मर्जर तथा प्राप्ति प्रयोजनका लागि शेयर कारोबार एकीकृत कारोबार पछि मात्र बढीमा १५ दिन मात्र रोक्का गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएसँगै रोक्का रहेका कम्पनीहरूले कारोबार फुकुवाको प्रक्रिया अघि बढाएका हुन् ।


Krishi Bikas Bank
franklin 1200*150