नेप्से परिसुचक १० अंकले बढ्यो, ३ अर्ब बढीको कारोबार
वि.सं.२०७९ माघ ११ बुधवार १५:१४
1.54K
shares
shares

काठमाडौं, ११ माघ । साताको तेस्रो कारोबारको दिन नेप्से परिसुचक १० दशमलव ३७ अंकले वृद्धि भएको छ । बुधबार नेप्से परिसुचक शुन्य दशबमलव ४८ प्रतिशतले वृद्धि भई २१८३ दशमलव ६२ को विन्दुमा पुगेको हो ।
नेप्से परिसुचकसंगैं ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ३० अंकले वृद्धि भएको छ । आज दिनभर भएका ५४ हजार ३ सय ७७ कारोबारबाट २६१ कम्पनीका ९५ लाख ५२ हजार ८ सय ६७ कित्ता शेयर किनबेच भएका छन् ।
जसबाट आज भएके सम्पूर्ण कारोबार रकम ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३ सय ८८ पुगेको छ ।








