चितवन पुगेर उपप्रधानमन्त्री श्रेष्ठले भने– कुनै पनि बहानामा आलटाल स्वीकार्य हुन्न

1.73K
shares
Krishi Bikas Bank

काठमाडौं, ४ माघ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ’प्रकाश’ले पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड, छ लेन सडक बिस्तार योजनाको स्थलगत अनुगमन र निरीक्षण गरेका छन् ।

चाइनिज व्यबसायीक कम्पनी ’चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेड’ले ठेक्का पाएको एकसय १४ किलोमिटर लामो यो सडक, सम्झौताका हिसाबले हालसम्म निर्माण सम्पन्न भैसक्नुपर्ने थियो ।

हाल एकबर्ष समय थप भएपनि काममा सन्तोषजनक प्रगति नभएको र निर्माण गतिको सुस्तताका कारण जनताले सास्ती भोग्नुपरेको यथार्थबीच उपप्रधानमन्त्री आफैंले निर्माण प्रगतिबारे स्थलगत चासो लिएका हुन् ।

मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक बिभागका महानिर्देशक अर्जुनजङ्ग थापा र आयोजना प्रमुखहरूलाई साथमै लिएर निरीक्षणमा उपप्रधानमन्त्री श्रेष्ठले आयोजनाको कार्यालय, गैंडाकोट पुगी निर्माण कम्पनीका प्रतिनिधिसङ्ग योजना सुस्तताको कारणबारे प्रश्न गरेका थिए ।

कम्पनीका प्रतिनिधिले खानेपानी, विद्युत, ढल, कोभिड, क्रसर व्यबसायीका समस्या जस्ता औपचारिक कारण देखाएपनि अब कामले द्रुततर र गुणस्तरीय गति लिनेगरी अगाडि बढ्न उपप्रधानमन्त्री श्रेष्ठले निर्देशन दिए ।

‘समस्या के हो प्रष्ट भन्नुस्, अब कुनैपनि बहानामा आलटाल स्वीकार्य हुँदैन ।’ त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले भने– ‘आर्थिक, सामाजिक गुणात्मक बिकास र समृद्धिका लागि हामी परम्परागत होइन, गतिशील ढङ्गले काम गर्न खोजिरहेका छौं ।

यसका लागि तपाईंहरूको सकारात्मक सहयोग हुनुपर्छ ।’ कम्पनीका प्रतिनिधिले समयसीमामै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।


Krishi Bikas Bank
franklin 1200*150