पालुन खोला हाईड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

1.36K
shares
Krishi Bikas Bank

काठमाडौं, २४ पुस । पालुन खोला हाईड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । स्थानियबासी तथा सर्वसाधारणलाई गरी जम्मा १९,००,००० कित्ता शेयर निष्काशन गर्ने भएको हो । नियुक्ति सम्बन्धी सम्झौता आज अर्थात पुस २४ गते आईतबार भएको छ ।

सम्झौतामा पालुन खोला हाईड्रोपावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष पुष्प ज्योति ढुंगाना तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।

पालुन खोला हाईड्रोपावर कम्पनी लिमिटेडले ताप्लेजुङ्ग जिल्लाको मिखवा गाउपालीकामा अवस्थित पालुन खोलामा २१ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।


Krishi Bikas Bank
franklin 1200*150