शेयर बजार बढ्यो, आज ५ अर्बको कारोबार

1.8K
shares
Krishi Bikas Bank

काठमाडौं, २४ पुस । साताको पहिलो कारोबारको दिन नेप्से परिसुचक २० दशमलव ५५ अंकले उकालाे लागेको छ ।

केही हप्ताबाट निरन्तर बढिरहेको शेयर बजारमा आज पनि राम्रो सुधार भएको हो । आइतबार नेप्से परिसुचक शुन्य दशमलव ९६ प्रतिशतले बढेर २१६४ दशमलव ४८ को विन्दुमा पुगेको हो ।

नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने आज स्थिर रहेको छ । आजल दिनभर भएका ७५ हजार ४ सय ६५ कारोबारबा २५९ कम्पनीका १ करोड ४१ लाख ९ सय ८८ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार १ पुगेको छ ।


Krishi Bikas Bank
franklin 1200*150