रवि मिश्रले पाए राजेश मानन्धर कार्टुन अवार्ड

2.12K
shares
Krishi Bikas Bank

काठमाडौं, २१ पुस । कार्टुनिष्ट रवि मिश्र राजेश मानन्धर कार्टुन अवार्डबाट सम्मानित भएका छन् । कमर्सियल आर्टिस्ट एसोसिएसन अफ नेपाल (क्यान) ले शनिबार काठमाडौंमाआयोजित विशेष समारोहकाबीच मिश्रलाई उक्त अवार्ड प्रदान गरेको हो ।

वरिष्ठ कार्टुनिष्ट राजेश मानन्धरको नामबाट नाममा अक्षय कोष स्थापना क्यानले यो अवार्ड वितरण गरेको हो । यो अवार्ड पाउने मिश्र पहिलो कार्टुनिष्ट हुन् । नेपाल पत्रकार महासंघको एसोसिएट संस्था कार्टुनिष्ट क्लब अफ नेपालका महासचिव समेत रहेका मिश्रले बनाएका कार्टुनहरु चर्चित छन् ।


Krishi Bikas Bank
franklin 1200*150