इकोनोमिक मिडिया सोसाइटीको अध्यक्षमा रामराजा

2.36K
shares
Krishi Bikas Bank

काठमाडौं, २३ पुस । आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन)को अध्यक्षमा रामराजा श्रेष्ठ चयन भएका छन् । शुक्रबार सम्पन्न संस्थाको साधारणसभाले अर्थप्रधान अनलाइन विजखबर डटकमका सञ्चालक श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

संस्थाका उपाध्यक्षमा सोमनाथ बास्तोला र लोचन खतिवडा चयन भएका छन् भने महासचिवमा नारायण पौडेल र सचिवमा हिम विष्ट चयन भएका छन् । सहसचिवमा बिष्णु जम्कटेल तारुके र कोषाध्यक्षमा केशव भण्डारी चयन भएका छन् । संस्थाको सदस्यहरुमा सुरज प्याकुरेल, मिलन खड्का, सुरेन्द्र पौडेल र सुवद्रा थापा सर्वसम्मत चयन भएका छन् ।


Krishi Bikas Bank
franklin 1200*150