जीवन बीमा कम्पनीको व्यवसायमा ३ प्रतिशतको वृद्धि, ५९ अर्ब बढीको बीमा शुल्क संकलन
वि.सं.२०७९ पुस १८ सोमवार १०:४४
shares

काठमाढडौं, १८ पुस । चालू आर्थिक वर्षको ५ महिनाको अवधिकमा जीवन बीमा कम्पनीहरुको व्यवसाय करिब ३ प्रतिशतले वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार जीवन बीमा कम्पनीहरुको मंसिर मसान्तसम्म गत वर्षको तुलनामा २.९८ प्रतिशतले बीमा व्यवसाय बढेको हो ।
गत वर्षको मंसिर मसान्तसम्म ५७ अर्ब ७९ करोड ५६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका कम्पनीहरुले चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म ५९ अर्ब ५१ करोड ६२ लाख रुपैयाँको व्यवसाय गरेका छन ।
प्राधिकरणको तथ्यांक अनुसार चालू आवको मंसिर महिनासम्ममा कम्पनीहरुले प्रथम बीमाशुल्कबाट ११ अर्ब २७ करोड ८ लाख रुपैयाँ र नवीकरण बीमाशुल्कबाट ४८ अर्ब २४ करोड ५३ लाख रुपैयाँ संकलन गरेका छन । मंसिर मसान्तसम्मा कम्पनीहरुमा सक्रिय बीमालेखको संख्या १ करोड ३९ लाख ८६ हजार ५०५ वटा रहेको छ ।
गत आवको मंसिर मसान्तसम्ममा कम्पनीहरुले प्रथम बीमाशुल्कवापत १५ अर्ब ३४ करोड ५२ लाख रुपैयाँ र नवीकरण बीमाशुल्कवापत ४१ अर्ब ६३ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । उक्त अवधिमा ९६ लाख १९ हजार ४४७ वटा बीमालेख जारी भएका थिए ।
चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म १३ वटा जीवन बीमा कम्पनीको व्यवसाय बढेको छ भने ६ वटा कम्पनीको व्यवसायमा गिरावट आएको प्राधिकरणको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेशनल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कपोरेसन नेपाल, एशियन लाइफ, सूर्या लाइफ, सन नेपाल लाइफ, ज्योति लाइफ, रिलायन्स रिलायबल, सिटिजन, सानिमा र महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा बढेका छ । त्यस्तै आइएमई लाइफ, नेपाल लाइफ इन्स्योरेन्सको पनि नाफा बढेको छ ।
यो अवधिमा नेशनल लाइफको व्यवसाय १५.७७ प्रतिशतले बढेको छ । गत वर्ष ५ अर्ब ६४ करोड रुपैयाँको व्यवसाय गरेको यो कम्पनीले चालू आर्थिक वर्षको मंसिर महिनासम्म ६ अर्ब ५३ करोड ८४ लाख रुपैयाँको व्यवसाय गरेको छ । त्यस्तै लाइफ लाइफ इन्स्योरेन्स कपोरेसन नेपालको व्यवसाय पनि ६.६४ प्रतिशतले बढेको छ । गत वर्षको मंसिर महिनासम्म ६ अर्ब ५८ करेडा बढीको व्यवसाय गरेको कम्पनीले चालू आर्थिक वर्षको सोही अवधिमा ७ अर्ब २ करोड रुपैयाँ बढीको व्यवसाय गरेका छ ।
त्यस्तै यो अवधिमा एशियन लाइफको व्यवसाय २.८८ प्रतिशत, सूर्या लाइफको ०.२४ प्रतिशत, आइएमई लाइफको १८.६८ प्रतिशत, ज्योति लाइफको ५.४५ प्रतिशत, सन नेपाल लाइफको ०.४२ प्रतिशत, रिलायन्स लाइफको ५.३२ प्रतिशत, रिलायबल नेपाल लाइफको १०.८२ प्रतिशत, सिटिजन लाइफको ६.४१ प्रतिशत, सानिमा लाइफको ७.१९ प्रतिशत र महालक्ष्मी लाइफको १४.८५ प्रतिशतले बढेको छ । त्यस्तै नेपाल लाइफको नाफामा १.१६ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म नाफा घट्ने जीवन बीमा कम्पनीमा राष्ट्रिय बीमा संस्थान, मेट लाइफ, गुरांश, प्राइम, यूनियन र प्रभु लाइफ इस्योरेन्स कम्पनी हरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार राष्ट्रिय बीमा संस्थानको नाफा १.५९ प्रतिशतले घटेको छ । त्यस्तै मेट लाइफको ४.३९ प्रतिशत, गुराँस लाइफको १४.०७ प्रतिशत, प्राइम लाइफको ३.९४ प्रतिशत, यूनियन लाइफको ६.०१ प्रतिशत र प्रभु लाइफको २.९५ प्रतितशतले व्यवसाय घटेको हो ।








