भारतले इन्धनको मूल्य बढाएर पठाए पनि नेपालमा नबढ्ने
वि.सं.२०७९ पुस १८ सोमवार १०:३४
shares

काठमाडौं, १८ पुस । भारतबाट आयात भएको इन्धनको मूल्य बढेर आएको छ । तर नेपालले भने इन्धनको मूल्य यतावत रहने बताएको छ । निगमका अनुसार पेट्रोलमा २.५४ रुपैयाँ, डिजेलमा २.९५ रुपैयाँ, हवाई इन्धनमा ४.१३ रुपैयाँ प्रति लिटर र एलपीजी ग्याँसमा प्रति सिलिन्डर ७८.२२ रुपैयाँ मूल्य बढेर आएको छ भने मट्टितेलमा भने केही घटेर आएको छ ।
अहिलेको मूल्यमा इन्धन बेच्दा एलपीजी ग्याँसमा प्रति सिलिन्डर ३५९.५० रुपैयाँ घाटा रहे पनि समग्रमा भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा भएको नाफाका कारण १५ दिनमा ९९ करोड नाफामा नै रहेको छ ।
निगमलाई १५ दिनमा एलपीजी ग्याँसमा मात्रै ४६.४४ करोड घाटा भएपनि समग्रमा नाफा नै रहेको छ । निगमको सरकारलाई तिर्नुपर्ने र आइओसीलाई तिनुपर्ने सम्पूर्ण रकम जोडेर झन्डै १८ अर्ब बक्यौता रहेको छ








