गायक हेमन्त रानाको आवाजमा ‘टिकी’ सार्वजनिक

1.38K
shares
Krishi Bikas Bank

काठमाडौं, ९ पुस । गायक हेमन्त रानाको आवाज र हर्क साउदको रचना रहेको नयाँ गीत ’टिकी ’ सार्वजनिक गरिएको छ ।

जी.एच इन्टरटेन्मेन्टको अफिसियल यु–ट्युब च्यानल मार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा सङ्गीत सुशान्त गौतमको रहेको छ ।

सुलभ पहारीको निर्देशनमा बनेको भिडियोमा हरि हुमागाईँको छाँयाकन रहेको छ भने भिडियोलाई सम्पादन निमेश श्रेष्ठले गरेका हुन् । भिडियोमा रेश्मा घिमिरे र मनोज आरसिको जोडि जमेको छ ।

गायक हेमन्तका थुप्रै गीतहरू चर्चामा छन् । ‘लैजा रे, सुन साइँली, तिमी छौँ र पो, दुबो फुल्यो’ लगायतका गीतहरू सुपरहिट छन् ।


Krishi Bikas Bank
franklin 1200*150