आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना
वि.सं.२०७९ पुस ९ शनिवार १०:५१
1.32K
shares
shares

काठमाडौं, ९ पुस । आज देशभरका केही क्षेत्रमा सामान्य वर्षा साथै केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।
शनिबार केही दिन देशका धेरैजसो स्थानमा मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले बताएको छ ।
तराईका केही जिल्ला र पहाडी एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।








