छोरी जीवन बीमाको प्रमाणपत्र वितरण

1.46K
shares
Krishi Bikas Bank

काठमाडौं, ८ पुस । चितवनको भरतपुर महानगरपालिकाले छोरी जीवन बीमा कार्यक्रमको प्रमाणपत्र वितरण गरिएको छ । छोरी जीवन बीमा कार्यक्रमको प्रमाणपत्र महागरपालिका मेयर रेणु दाहालले वितरण गरेकी हुन् ।

यो दोस्रो कार्यकाको पहिलो निर्णय कार्यान्वयनमा आएको मेयर दाहाललेको भनाइ छ । यो कार्यक्रमले छारीको सुनौलो भविश्यको सुनिश्चितताको गर्ने मेयर दाहालले बताइन ।

महागरपालिकाका भित्र जन्मेका सबै छोरीहरुले एक लाख रुपैयाँको बीमा सुविधा पाउने छन् । भरतपुर महानगरका स्थायी बासिन्दाले सरकारी अस्पतालमा छोरी जन्माउनेले यस्तो सुविधा पाउने छन् । घरैमा बच्चा जन्माएमा यस्तो सुविधा पाउने छैनन् । छोरीहरु १५ वर्ष उमेर पुरा भएपछि जीवन बीमा बापतको रकम प्राप्त गर्नेछन् ।


Krishi Bikas Bank
franklin 1200*150