लघुवित्त र संघर्ष समितिबीच कुरा मिल्यो, १२ बुँदे सहमतिपछि आन्दोलन स्थगित

3.42K
shares
Krishi Bikas Bank

काठमाडौं, ६ पुस । लघुवित्त वित्तीय संस्था र लघुवित्त संघर्ष समितिबीच सहमति भएको छ । संघर्ष समिति पछिल्लो समय लघुवित्त संस्थाहरु नै खारेजीसम्मको माग गर्दै आक्राम आन्दोलनमा उत्रिएको थियो । लघुवित्तका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन लघुवित्त बैंकर्स संघ र संघर्ष समितिबीच भएको वार्ता पछि अब आन्दोलनका कार्यक्रम स्थगित भएका छन् ।

दुई पक्षबीच १२ बुँदे सहमति भएको लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले जानकारी दिए । सहमति पत्रमा संघका तर्फबाट महासचिव रामबहादुर यादव र संघर्ष समितिको तर्फबाट उपाध्यक्ष एलिया मियाले हस्ताक्षर गरेका छन् ।

हेर्नुस् १२ बुँदे सम्झौताः


Krishi Bikas Bank
franklin 1200*150