महुली लघुवित्तले एफपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल

1.72K
shares
Krishi Bikas Bank

काठमाडौं, ५ पुस । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले चार लाख सोह्र हजार एक सय सड्चालिस कित्ता शेयर नयाँ निष्काशन (एफपिओ) जारी गर्ने भएको हो ।

संस्थाले सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाण्डौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त कार्यको लागि एक कार्यक्रमका बिच महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले द्धिपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।


Krishi Bikas Bank
franklin 1200*150