नेपाल फाइनान्सको हकप्रद शेयर लिलामीमा

1.21K
shares
Krishi Bikas Bank

काठमाडौं, ६ पुस । नेपाल फाइनान्स लिमिटेडले अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको छ । संस्थाले पुस २० गतेदेखि ११ लाख १६ हजार ६१६ दशमलव १८७ कित्ता संस्थापक शेयर लिलामीमा ल्याउने भएको हो ।

कम्पनीले गत साउन २३ गतेदेखि भदौ ६ गतेसम्म लिलामीमा विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापकतर्फको उक्त शेयर माघ ४ गतेसम्मका लागि लिलामीमा विक्री खुला गर्न लागेको हो ।

यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको छ । शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल फाइनान्स कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंसँगै शाखा कार्यालय बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखाबाट आवेदन दिन सकिनेछ ।

साथै प्रभु बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।


Krishi Bikas Bank
franklin 1200*150