सानिमा बैंकको साधारणसभा पुस ३ गते, केके छन् एजेण्डा ?
वि.सं.२०७९ पुस १ शुक्रवार १६:०१
shares

काठमाडौं, १ पुस । सानिमा बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभा आइतवार हुने भएइको छ । सभा आम्रपाली व्यांकेट, बालुवाटार, काठमाडौंमा विहान ११ बजे भएको हो ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
साथै बैंकले यस वर्ष वितरण गर्ने प्रस्ताव गरेको कुल १० दशमलव ९८ प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
बैंकले हाल कायम चुक्तापूँजी रू. ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजारको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । उल्लेखित प्रस्तावहरूसँगै सर्वसाधारण समूह तर्फ दुई जना सञ्चालनको निर्वाचन समेत सभाले गर्नेछ ।
बैंकको अधिकृत पूँजी रू. १२ अर्बलाई बृद्धि गरी रू. १५ अर्ब पु¥याउने प्रस्ताव पनि बैंकले सभाका लागि तय गरेको छ । साधारण सभा प्रयोजनका लागि मंसिर १९ गते एक दिन बुक क्लोज गरिसकेको छ ।
यस आधारमा मंसिर १९ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।








