माछापुच्छ्रे बैंकले लाभांश नदिने
वि.सं.२०७९ पुस १ शुक्रवार १४:५०
shares

काठमाडौं, १ पुस । माछापुच्छ्रे बैंक लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको पुस १ गते बिहान बसेको संचालक समिति बैठकले गत आर्थिक वर्ष २०७८७९ सम्मको अन्त्यमा कायम भएको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीले नेप्सेमार्फत सूचना जारी गर्दै यस वर्ष लाभांश वितरणको प्रस्ताव नगरेको जानकारी दिएको छ ।
सञ्चालक समितिले स्वीकृत गरेको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णयसमेत भएको जानकारी दिएको छ ।
विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको बैंकले यस वर्ष भने लाभांश वितरण नगर्ने निर्णयमा पुगेको हो ।
गत वर्ष कम्पनीले शेयरधनीलाई १३ दशमलव ३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो ।








