सेवा आय २३ अर्ब बढीले घाटामा, विदेश भ्रमणमै सकियो ३३ अर्ब

1.63K
shares
Krishi Bikas Bank

काठमाडौं, २९ मंसिर । नेपाल चालु आर्थिक वर्षका चार महिनामा सेवा आय तर्फ २३ अर्बभन्दा बढीले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चार महिनामा २३ अर्ब ३० करोड रुपैयाँ घाटामा रहेको हो ।

यस्तो सेवा आय अघिल्लो वर्षको सोही अवधिमा ३० अर्ब ७९ करोड घाटामा रहेको थियो । यस अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १३७.० प्रतिशतले वृद्धि भई भएको छ । चालु आर्थिक वर्षको चार महिनामा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकबाट १७ अर्ब ९६ करोड रुपैयाँ आम्दानी भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ अर्ब ५८ करोड मात्रै रहेको थियो । समीक्षा अवधिमा सेवा खाता अन्तर्गत विदेश भ्रमणमा खर्च ६३.८ प्रतिशतले वृद्धि भएको छ । नेपालबाट विदेश भ्रमणमा जानका लागि ३३ अर्ब ६ करोड खर्च भएको छ । अघिल्लो वर्ष सोही अवधिमा २० अर्ब १९ करोड रुपैया विदेश भ्रमणका लागि खर्च भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

यो अवधिमा शिक्षातर्पmको व्यय २२ अर्ब ६१ करोड रहेको छ । अघिल्लो वर्ष शिक्षा तर्फको व्यय १० अर्ब ७० करोड रुपैया रहेको थियो ।


Krishi Bikas Bank
franklin 1200*150