चार महिनामा थपियो ३१ अर्ब विदेशी विनिमय सञ्चिति

1.87K
shares
Krishi Bikas Bank

काठमाडौं, २९ मंसिर । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा विदेशी विनमय सञ्चितिमा ३१ अर्ब बढीले वृद्धि भएको छ । कात्तिक मसान्तसम्म विदेशी विनिमय सञ्चिति ३१ खर्ब ५३ करोडले वृद्धि भएको हो ।

यो चार महिनाको अवधिमा साढे २ प्रतिशतले विदेशी विनिमय सञ्चिति बढेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । चार महिनाको अवधिमा विदेशी विनिमय सञ्चिति बढेर १२४६ अर्ब २७ करोड पुगेको हो ।

पछिल्लो समय सरकारले विभिन्न वस्तु आयातमा लगायको प्रतिबन्ध तथा रेमिट्यान्स भित्रिने क्रम बढेकाले विदेशी विनिमय सञ्चिति बढेको हो । २०७९ सालको असार मसान्तमा यस्तो विदेशी विनिमय सञ्चिति १२१५ अर्ब ८० करोड रहेको थियो ।

यो अवधिमा अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा १.० प्रतिशतले वृद्धि भई ९ अर्ब ६३ करोड कायम भएको छ । त्यस्तै कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा ३.३ प्रतिशतले वृद्धि भई १०९१ अर्ब २२ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १५९ अर्ब ४१ करोड रहेकोमा २०७९ कात्तिक मसान्तमा २.७ प्रतिशतले कमी आई १५५ अर्ब ५ करोड कायम भएको छ । २०७९ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.५ प्रतिशत रहेको छ ।


Krishi Bikas Bank
franklin 1200*150