पिपुल्स इनर्जीले आईपीओ निष्काशन गर्न बोलायो साधारणसभा
वि.सं.२०७९ मंसिर २९ बिहीवार १३:०६
1.36K
shares
shares

काठमाडौं, २९ मंसिर । पिपुल्स इनर्जी लिमिटेडले छैटौं वार्षिक साधारणसभा पुस २१ गते गर्ने भएको छ ।
सभा भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको हो । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी आव २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने,आव २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।








