चन्द्रागिरी हिल्सको साधारणसभा पुस २१ गते
वि.सं.२०७९ मंसिर २९ बिहीवार १३:४७
1.36K
shares
shares

काठमाडौं, २९ मंसिर । चन्द्रागिरी हिल्स लिमिटेडले १३ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव नगरी सभा बोलाएको छ ।
सो सभा पुस २१ गते चन्द्रगिरि हिल्सको कार्यालय थानकोटमा बिहान ११ बजे सुरु हुनेछ। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश गरिनेछ भने गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाव तथा नगद प्रवाह विवरण माथि पनि छलफल हुनेछ ।
साथै सभामा संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चलाकको निर्वाचन पनि हुनेछ ।








