खुला अर्थतन्त्रलाई विकास गर्न स्व. अधिकारीको मुख्य भुमिका रह्यो : अर्थमन्त्री शर्मा
वि.सं.२०७९ मंसिर २८ बुधवार १०:३२
1.5K
shares
shares

काठमाडौं, २८ मंसिर । खुला अर्थतन्त्रका लागि पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको भुमिका विर्सन लायक रहेको अर्थमन्त्री जनार्दन शर्माको भनाइ छ । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औँ साधारण सभा तथा छैठौँ महासभामा बोल्दै मन्त्री शर्माले स्व. अधिकारीको भूमिका सम्झन लायक रहेको बताएका हुन् ।
अधिकारीले तीन खम्बे नीति लगायतका विषयहरु ल्याएर अर्थतन्त्रलाई जनताको तहमा पु¥याएको अर्थमन्त्री शर्माले बताए । अहिलेको अवस्थामा आउनुमा स्व. अधिकारीको ठूलो भुमिका रहेको भन्दै उनलाई विर्सन नहुने उनको भनाइ छ ।








