प्रतिबन्ध हटाउने कुरा स्वागत योग्य, अन्य सुधार पनि आवश्यक छ : नाडा अध्यक्ष थापा

2.15K
shares
Krishi Bikas Bank

काठमाडौं, २० मंसिर । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुब थापाले आयात प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय स्वागत योग्य रहेको बताएका छन् । केटिएम भ्वाइससँगको कुराकानीका क्रममा अध्यक्ष थापाले ढीलो भए पनि सहि निर्णय भएको उनले बताएका हुन् ।

सरकारको यो निर्णय राम्रो भए पनि अन्य एजेण्डामा भने व्यवसायीहरुको आन्दोलन जारी रहने उनको भनाइ छ । ‘नहुनुभन्दा ढीलै भए पनि राम्रो भयो भन्ने हो, तर यो बाहेक अन्य विषयमा पनि सुधार गर्नु पर्ने आवश्यकता छ,’ उनले भने । बैंकको ब्याजदर लगायतका विषयमा व्यवसायीहरुको आन्दोलन भने जारी नै रहने उनको भनाइ छ । यो निर्णयले केही मात्रामा व्यवसाय चलायमान हुने आस गर्न सकिने उनको भनाइ छ ।

यो निर्णयले मात्रै सवै व्यवसाय चलायमान हुने अवस्था नरहेको पनि उनको भनाइ छ । यसका लागि अहिले देखिएको तरलता अभावका विषयमा ध्यान दिनु पर्ने उनले बताए । व्यापार बढाउनका लागि बैंकको ब्याजदर घटाउने र चालु पुँजी कर्जालाई पनि स्थगन गर्नु पर्ने आवश्यकता रहेको उनले बताए । ‘आयात प्रतिबन्ध फुकुवाले मात्रै व्यापार बढ्दैन्, यसका लागि बैंकले लगाएको १५० प्रतिशतसम्मको जोखिम भार पनि कम गर्नु पर्छ,’ उनले भने ‘अहिले बैंकले लगाएको क्यापका कारण पनि व्यापारमा गिरावट आएको छ ।’


Krishi Bikas Bank
franklin 1200*150