बाल मृत्युदर घट्यो

2.22K
shares
Krishi Bikas Bank

काठमाडौं, २० मंसिर । नेपालमा पाँच वर्षको अविधिमा बालमृत्यु दरमा घटेको पाइएको छ । हालै सार्वजनिक गरिएको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ ले नेपालमा पाँच वर्षमा बालमृत्युदर घटेको पाइएको हो ।

सर्वेक्षणअनुसार नेपालमा प्रतिएक हजारमा ३३ जना बालमृत्युदर भएको उल्लेख गरिएको छ । यसअघि सन् २०१६ गरिएको सर्वेक्षणमा प्रतिएक हजारमा ३९ जना बालमृत्युदर रहेको थियो । नेपालमा सन् २०११ मा प्रतिएक हजारमा ५४ जना, सन् २००६ मा ६१ जना, सन् २००१ मा ९१ जना र सन् १९९६ मा ११८ जना बाल मृत्युदर रहेको थियो ।


Krishi Bikas Bank
franklin 1200*150