काठमाडौं २ मा सोविता गौतमको अग्रता कायमै, गठबन्धन र एमालेभन्दा राप्रपा अघि

2.13K
shares
Krishi Bikas Bank

काठमाडौं, ६ मंसिर । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता बढाउँदै लगेकी छिन् । सुरुवाती चरणदेखि नै अग्रता लिएकी उनले पछिल्लो समय मतआन्तर बढाउँदै लगेकी हुन् ।

पछिल्लो मतपरिणामअनुसार उनले ५ हजार ३३२ मत ल्याएकी छन् । दोस्रो स्थानमा राप्रपाकी उम्मेदवार कुन्ती पोखरेल रहेकी छन् । उनले ३ हजार ७६९ ल्याएकी छन् ।

तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ३ हजार ७१ मत ल्याएका छन् । भने सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले २ हजार ८१६ मत ल्याएर चौथो स्थानमा छिन् ।


Krishi Bikas Bank
franklin 1200*150