सुनचाँदीको मूल्यमा गिरावट, कति पुग्यो बजार भाउ ?
वि.सं.२०७९ मंसिर ६ मंगलवार १२:०८
1.48K
shares
shares

काठमाडौं, ६ मंसिर । स्थानीय बजारमा आज मंगलवार सुनको मूल्य तोलाको ३०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँमा कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमवार सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको १५ रुपैयाँले बढेर १ हजार २८० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार २६५ रूपैयाँमा कारोबार भएको थियो ।








