केपी ओलीलाई पेलेको उपमा दिने श्रेष्ठ काठमाडौं ९ बाट विजयी

2.62K
shares
Krishi Bikas Bank

काठमाडौं, ६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका बेला शिक्षा मन्त्री रहेका कृष्णगोपाल श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ९ मा विजयी भएका छन् । उनी ओलीका निकै निकट मानिन्छ । उनले शिक्षा मन्त्री हुँदा ‘केपी ओली इज केपी ओली फुटबलको पेल’ हो भन्ने भाषणा निकै चर्चित थियो ।

योसँगै नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा दोस्रो जित निकालेको छ । श्रेष्टले १० हजार २० मत सहित जित निकालेका हुन् । ०७४ को निर्वाचनमा पनि श्रेष्ठ यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर पोखरेलले ८ हजार ७२५ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले ५२७९ मत प्राप्त गरेकी छिन् ।


Krishi Bikas Bank
franklin 1200*150