प्रचण्डलाई ३४०० मतको अग्रता
वि.सं.२०७९ मंसिर ६ मंगलवार १०:२२
shares

काठमाडौं, ६ मंसिर । गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतान्तर बढाउँदै लगेका छन् । ८ हजार ५४० मत गणना हुँदा प्रचण्डले चार हजार ८३२ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १ हजार ४२४ मत पाएका छन् ।
प्रचण्ड र बुर्लाकोटीबीचको मतान्तर तीन हजार ४०८ रहेको छ । तेस्रो स्थानमा रहेका नेकपा एमालेका अब्दुस मियाले १ हजार १७६ मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई निर्वाचित भएका थिए ।








