नबिल फ्लेक्सी क्याप फण्डको ५ करोड इकाई बिक्रीमा
वि.सं.२०७९ कात्तिक २३ बुधवार १२:०६
shares

काठमाडौं, २३ कात्तिक । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्डले आज अर्थात् बुधवारदेखि ५ करोड इकाई निष्काशन गरेको छ ।
फण्डले प्रतिइकाई १० का दरले ७ लाख ५० हजार इकाईमध्ये बीज पूँजीबापत १ करोड १२ लाख ५० हजार वा कुल निष्कासन गरिने इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाईमध्ये कोष प्रवर्द्धक नबिल बैंकलाई १४ प्रतिशत अर्थात् १ करोड ५ लाख छुट्याएको छ ।
त्यसैगरी योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई १ प्रतिशत वा ७ लाख ५० हजार इकाई सुरक्षित राखी न्यूनतम ६ करोड ३७ लाख ५० हजार इकाईमध्ये पहिलो चरणमा ५ करोड इकाई सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । इकाई निष्कासन बन्द मिति छिटोमा कात्तिक २७ गतेसम्म रहेको छ ।
सो समयावधिमा सम्पूर्ण इकाई विक्री नभएमा क्यापिटलले मंसिर ७ गतेसम्म आवेदन दिन पाउने जानकारी दिएको छ । आवेदकले न्यूनतम १०० इकाईदेखि अधिकतम १ हजार इकाईका लागि आवेदन दिन सक्नेछन् ।
आवेदकले उक्त इकाईमा योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडसहित नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालय तथा मेरो शेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।








