भुकम्प अपडेट : डोटीमा ६ जनाको मृत्यु

2.8K
shares
Krishi Bikas Bank

काठमाडौं, २३ कात्तिक । मगलबार मध्येराति गएको भुकम्पबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । बुधबार विहान पश्चिम नेपालमा २ बजेर १२ मिनेटमा भएको भुकम्पले डोटीमा घर भत्केर ६ जनाको मृत्यु भएको हो ।

भूकम्पले घर भत्किँदा डोटीको पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहरा रहेका छन् ।
यस्तै सोही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको समेत घरमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका डोटीका प्रहरी नायब उपरीक्षक(डीएसपी) भोलाप्रसाद भट्टले बताए ।

भूकम्पले सोही वडाका पाँच जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको डीएसपी भट्टले जानकारी दिए । भूकम्पले ठाडागाउँका ८ वटा घर भत्काएको छ भने जिल्लाका अन्य स्थानमा पनि भौतिक क्षति भए पनि मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

बुुधबार साँझ ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ५ दशमलव ७ म्याग्नीच्यूडको भूकम्प गएको थियो भने मध्यराति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।


Krishi Bikas Bank
franklin 1200*150