डाेटी केन्द्रविन्दु बनाएर शक्तिशाली भुकम्पकाे धक्का
KTM Voice
वि.सं.२०७९ कात्तिक २३ बुधवार ०३:१५
1.69K shares
काठमाडौं, २३ कात्तिक । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा शक्तिशालि भुकम्प गएको छ । बुधवार बिहान २ बजेर १४ मिनेटको आसपासमा भूकम्पको धक्का महसुश गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधवार बिहान २ बजेर १२ मिनेटको समयमा खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्र बनाएर ६ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको हो ।
भूकम्पको धक्का सुदुरपश्चिम तथा कर्णालीका जिल्लामा समेत महसुश गरिएको छ । भूकम्प गएपछि सर्वसाधारण केहीबेर घरबाहिर निस्केका थिए ।
झण्डै १० सेकेण्डसम्म हल्लाएको सर्वसाधारणले प्रतिक्रिया जनाएका छन् । भारतीय समाचार संस्था एनएनआइले भूकम्पको धक्का दिल्लीमा समेत महसुश भएको जनाएको छ । यसअघि मंगलवार राति खप्तड राष्ट्रिय निकुञ्ज डोटी आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युटको भूकम्प मापन गरिएको थियो ।