बैंकहरुसँग कारोबार नगर्न व्यवसायीको आग्रह

1.45K
shares
Krishi Bikas Bank

काठमाडौं, २२ कात्तिक । बैंकले बढाएको ब्याजदरका विरुद्धमा आन्दोलनरत उद्योगी व्यवसायीहरुले बैंकसँग कुनै पनि कारोबार नगर्न व्यवसायीलाई आग्रह गरेका छन् । उद्योग वाणिज्य महासंघ प्रदेश १ को निर्णय कार्यान्वयन गर्ने भन्दै आन्दोलन सुरु गरेको बिर्तामोड उद्योग वाणिज्य संघले बैंकसँग कारोबार नगर्नका लागि भनेको हो ।

संघले नेपाल राष्ट्र बैकको अव्यावहारिक नीति बिरुद्ध कात्तिक आज मंगलबारदेखि आन्दोलन सुरु गरेको हो । आन्दोलनको पहिलो दिन आज जिल्ला प्रशासन कार्यालय झापा मार्फत अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । आन्दोलनको दोस्रो दिन भोलि (बुधबार) बैंकहरुसँग कुनै पनि कारोबार नर्गन अनुरोध गर्ने र भोलिनै बिहान १० बजे बिर्तामोडबाट मौन शान्ति जुलुसको समेत निकाल्ने व्यवसायीहरुको भनाइ छ ।

यसका साथै प्रदेश १ का सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघलहरुले जिल्ला प्रशास तथा बैंकहरुमा ज्ञापनपत्र बुझाएका छन् ।

उद्योग वाणिज्य संघ काठमाडौंको आग्रहमा केही दिन अघि काठमाडौंका माइतीघरमा समेत व्यवसायीहरुले आन्दोलन गरेका थिए । व्यवसायीहरुले बढेको ब्याजदरका कारण व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताउँदै आएका छन् ।


Krishi Bikas Bank
franklin 1200*150