शेयर बजार घट्दा यी कम्पनीले गरे सर्वाधिक कारोबार

1.76K
shares
Krishi Bikas Bank

काठमाडौं, २२ कात्तिक । साताको तेस्रो कारोबारको दिन नेप्से परिसुचक २ दशमलव ५७ अंकले ओरालो लागेको छ ।

आज भएका १८ हजार ४ सय ७२ कारोबारबाट २२६ कम्पनीका २७ लाख ७३ हजार ७ सय ३७ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४ सय ६७ पुगेको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, सिटिजन बैंकको ६ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको ४ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ४ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


Krishi Bikas Bank
franklin 1200*150