विश्वकप क्रिकेट : सेमिफाइनल समिकरण पुरा, अफ्रिका पारजित हुँदा पाकिस्थान भाग्यमानि
वि.सं.२०७९ कात्तिक २० आइतवार १५:२९
shares

काठमाडौं, २० कात्तिक । अस्ट्रेलियामा जारी टी–२० विश्वकको सेमिफाइनल समिकरण पुरा भएको छ । समूह २ को लेखमा नाटकीय मोड लिएपछि प्रयोगितामा पाकिस्थान सेमिफाइनल पुगेको छ भने दक्षिण अफ्रिका समूहचरणबाटै बाहिरिएको छ ।
समूह चरणको अन्तिम खेल अघि पाकिस्थानभन्दा सहज अवस्थामा देखिएको दक्षिण अफ्रिका कमजोर मानिएको नेदरल्याण्डसँग पराजित भएपछि पाकिस्थानाको सेमिफाइलन सम्भावना सम्भव भएको हो । नेदरल्याण्ड विरुद्ध अफ्रिकाले जित निकोलेको खण्डमा पाकिस्थान समूह चरणबाट घर फर्किने अवस्था देखिएको थियो । तर दक्षिण अफ्रिका नेदरल्याण्डसँ १३ रनले पराजित भयो ।
त्यसपछि पाकिस्थानले बंगलादेशलाई पराजित गर्दै सेमिफाइनमा स्थान सुरक्षित गरेको छ । यो समूहबाट पाकिस्थानसँगै भारत सेमिफाइलनमा पुगेको छ । अर्को समूहबाट न्युजिल्याण्ड र इंग्ल्याण्ड सेमिफाइलनमा पुगेका छन् । भारत र जिम्बाब्वे विचको खेलबाट समूह २ को विजेता र उपबिजेताको टुङ्गो लाग्ने छ । भारत विजयी भएमा समूह विजेता बन्ने छ भने पराजित भएको खण्डमा पाकिस्थान विजेताका रुपमा अन्तिम चारमा पुग्ने छ ।
आइतबार भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ५ विकेटले पराजित गरेको हो । एडिलेडमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको थियो । जवाफमा पाकिस्थानले उक्त लक्ष्य ११ बल बाँकी हुँदै ५ विकेट गुमाएर पुरा ग र्यो ।
पाकिस्तानका लागि मोहम्मद रिजवानले ३२ रन बनाउँदा मोहम्मद ह्यारिसले ३१ रन बनाएका थिए । त्यस्तै कप्तान बाबर अजामले २५ रन बनाउँदा सान मसुदले २४ रन बनाएका थिए । त्यसअघि पहिलो ब्याटिङ गरेको बंगलादेशका लागि ओपनर नजमुल होसेइन सान्टोले ५४ रनको अर्धशतकीय पारी खेले । उनी बाहेक अन्यको प्रदर्शन भने गतिलो रहेन् । सौम्य सरकारले २० रन बनाउँदा अफिफ होसेइनले २४ रन बनाए ।








