बरुण हाइड्रोपावरको शेयरमा आवेदन दिने भोलि अन्तिम म्याद

1.42K
shares
Krishi Bikas Bank

काठमाडौं, २० कात्तिक । बरुण हाइड्रोपावर कम्पनीको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन सोमवार अर्थात् कात्तिक २१ गते (भोलि) सम्म रहेको छ ।

कम्पनीले गत भदौमा विक्री नभएको ३ लाख ५५ हजार ६० कित्ता शेयर कात्तिक १४ गतेदेखि लिलामी ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघसंस्थाहरूले कात्तिक २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । आवेदकले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

आवेदकले राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरू वीरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ बजार, बुटवल, बाँकेको नेपालगञ्ज, वीरेन्द्रनगर, कधनगढी, झापाको बिर्तामोड, हेटौंडा, तुल्सीपुर, महेन्द्रनगर रे विराटनगर र पोखरास्थित क्षेत्रीय कार्यालयबाट बोलपत्र आवेदन र फारम बुझाउन सक्नेछन् ।


Krishi Bikas Bank
franklin 1200*150