सानिमा ग्रोथ फण्डको इकाईमा आवेदन दिने समय थप

1.39K
shares
Krishi Bikas Bank

काठमाडौं, २० कात्तिक । सानिमा क्यापिटल अन्तर्गत सानिमा ग्रोथ फण्डको इकाईमा आवेदन दिने समय थप भएको छ । कात्तिक १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको यस फण्डमा कात्तिक ३० गतेसम्म आवेदन दिन सकिने भएको छ ।

यस योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको १२ करोड इकाई निष्काशन गरेको हो । जसमध्ये न्यूनतम १ करोड ५६ लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १३ प्रतिशत इकाई कोष प्रबद्र्धक सानिमा बैंकलाई सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ ।

लगानीकर्ताले बाँकी १० करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।


Krishi Bikas Bank
franklin 1200*150