सानिमा क्यापिटलअन्तर्गत सानिमा ग्रोथ फण्डको इकाई बिक्रीमा

1.46K
shares
Krishi Bikas Bank

काठमाडौं, १६ कात्तिक । सानिमा क्यापिटलले आजदेखि सानिमा ग्रोथ फण्डको इकाई बिक्री खुला गरेको छ । क्यापिटलले प्रतिइकाई १० अंकित दरको १२ करोड इकाई जारी गर्न लागेको हो ।

कुल कित्ता इकाईमध्ये १३ प्रतिशत अर्थात् १ करोड ५६ लाख इकाई कोष प्रवर्द्धक सानिमा बैंकको लागि र २ प्रतिशत अर्थात् २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटलका लागि सुरक्षित गरेको छ । यीबाहेक बाँकी १० करोड २० लाख इकाई भने सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

यो इकाई छिटोमा कात्तिक २० गतेसम्म बिक्रीमा रहनेछ भने सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा भने ढिलो अवधि कात्तिक ३० गतेसम्म विक्रीमा रहने क्यापिटलले जानकारी दिएको छ । उक्त इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड २० लाख कित्तासम्म माग गर्न सकिनेछ ।

इच्छुक खरीदकर्ताहरूले योजना व्यवस्थापक तथा विक्री प्रबन्धक सानिमा क्यापिटलसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयसँगै मेरो शेयर वेबसाइट र एपमार्फत समेत आवेदन दिन सक्नेछन् ।


Krishi Bikas Bank
franklin 1200*150