जापान जानेहरुका लागि वैदेशिक रोजगार मेला आयोजना हुने
वि.सं.२०७९ कात्तिक १५ मंगलवार ११:५१
shares

काठमाडौं, १५ कात्तिक । काम गर्नका लागि जापान जाने विदेशीहरुलाई लक्षित गरेर वैदेशिक रोजगार मेला २०२२ आयोजना हुने भएको छ । जापानाको अध्यागमन सेवा विभागको आयोजनामा मंसिर १० र ११ गते भर्चुअल माध्यमबाट मेला आयोजना हुने भएको हो ।
मेलामा विशेष सीप प्रणाली (एसएसडब्लु) र रोजगारदाता कम्पनीको बारेमा जानकारी दिइने बताइएको छ । रोजगार मेलामा सहभागी हुन कुनै पनि शुल्क नलाग्ने र मेलामा हुने सबै कार्यक्रमहरूमा निःशुल्क दर्ता हुने छ । मेलामा जापानमा रोजगारी गर्न चाहनेले कम्पनीसँग प्रश्नोत्तर गर्न र कम्पनीका बारेमा बुझ्न सक्नेछन् ।
सबै कार्यक्रमहरू अनलाइन उपलब्ध हुने भएकाले आफूले चाहेको जापानी कम्पनीहरूसँग प्रश्नोत्तर गर्न सकिनेछ । https://info-tokuteiginou.com मार्फत रोजगार मेलामा सहभागीताका लागि इन्ट्री गर्न सकिन्छ ।
इन्ट्री प्राप्त भएपछि इमेलमार्फत मेलामा सहभागी हुने सक्ने लिङ्क र अन्य विवरण पठाइने मेला आयोजकले जनाएको छ । अनलाइन जुम वेबिनारमार्फत मेला जापानी समय अनुसार बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने छ ।








