स्टक एक्सचेन्ज र कमोडिटी एक्चेन्जका लागि एउटा पनि आवेदन परेन

1.84K
shares
Krishi Bikas Bank

काठमाडौं, १५ कात्तिक । एउटा पनि आवेदन नपरी नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण कार्य तत्कालका लागि स्थगित भएको छ । नेपाल धितोपत्र बोर्डले लाइसेन्सका लागि आवेदन दिन तोकेको समय आज सकिएको र सर्वोच्च अदालतले अल्पकालिन आदेश दिएका कारण एउटा पनि ओदन नपरेर समय सकिएको हो ।

अदालतको अल्पकालीन आदेशका काराण हालका लागि यो कार्य स्थगित भएको र पूर्ण आदेश पछि यस विषयमा जानकारी हुने बोर्डका प्रवक्ता रुपेश केसीले जानकारी दिए । सर्वोच्च अदालतको कात्तिक ४ गतेको अल्पकालिन आदेशले लाइसेन्स विरतणको कार्य तत्कालका लागि रोकिएको केसीको भनाइ छ ।

अदालतको आदेश सोमबार बोर्डलाई प्राप्त भएको र मंगलबार आवेदन दिने अन्तिम दिन भए पनि आवेदन लिन सक्ने अवस्था नरहेको कसीले बताए । आवेदनको म्याद सकिए पछि यो कार्य रद्द भएको हो वा होइन भन्ने विषयमा बोर्डले निर्णय गर्ने उनको भनाइ छ ।

अदालतले छलफलका लागि कात्तिक २२ गते बोलाएको र त्यसपछि आवेदन लिने वा नलिने टुंगो लाग्ने प्रवक्ता केसीले बताए । बोर्डले ४५ दिनको म्याद राखेर असोज २ गते सूचना प्रकाशन गरी आवेदन माग गरेको थियो ।

 





Krishi Bikas Bank
franklin 1200*150