नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

2.09K
shares
Krishi Bikas Bank

काठमाडौं, १४ कात्तिक । नेपालले सन् २०२२ मा ५.८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । ‘नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२२’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले स्थिर बजार मूल्यका आधारमा नेपालको आर्थिक वृद्धिदर ५.८प्रतिशतको वृद्धि हुने आंकलन गरेको हो ।

त्यस्तै नेपालले सन् २०२३ मा ५.१ र सन् २०२४ मा ४.९ प्रतिशतले आर्थिक वृद्धि आसिल गर्ने विश्व बैंकको प्रक्षेपण छ । यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अघिल्लो हप्ता सार्वजनिक गरेको ‘वर्ल्ड इकनोमिक आउटलुक ः काउन्टरिङ द कस्ट अफ लिभिङ क्राइसिस’ प्रतिवेदनमा सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने अनुमान गरेको थियो । सरकारले भने आर्थिक वर्ष २०७९/८० का लागि ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।

सन् २०२२ को मुद्रास्फीतिदर ६.३ प्रतिशत रहने आँकलन विश्व बैंकको छ । त्यस्तै विश्व बैंकले गरेको प्रक्षेपण अनुसार सन् २०२३ मा ५.५ र सन् २०२४ मा ५.३ प्रतिशत मूल्यवृद्धि रहने छ ।


Krishi Bikas Bank
franklin 1200*150