एनआईसी एशिया क्यापिटल अन्तर्गतका दुई फण्डहरुको इकाई मूल्य समायोजन

1.45K
shares
Krishi Bikas Bank

काठमाडौं, १५ कात्तिक । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनआईसी एशिया क्यापिटलद्धारा संचालित २ वटा फण्डहरुको इकाई मूल्य समायोजन भएको छ ।

एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डको इकाई मूल्य समायोजन भएको हो ।

एनआईसी एशिया ग्रोथ फण्डको १३ प्रतिशत लाभांशमा मूल्य समायोजन भएको हो। समायोजनपछि फण्डको इकाई मूल्य ९ रुपैयाँ २५ पैसा कायम भएको छ ।

समायोजन अघि फण्डको इकाई मूल्य १० रुपैयाँ ५५ पैसा थियो । त्यस्तै एनआईसी एशिया ब्यालेन्सड् फण्डकोको पनि १३ प्रतिशत लाभांशमा मूल्य समायोजन भएको हो ।

समायोजनपछि फण्डको इकाई मूल्य ८ रुपैयाँ ७८ पैसा कायम भएको छ ।


Krishi Bikas Bank
franklin 1200*150